आजको मौसम : चट्याङसहित भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

आइतबार, ०६ असार २०७८, ०८ : ४१
आजको मौसम : चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा समेत रहेको बताइएको छ ।

जसका कारण आइतबार बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

यस्तै आइतबार दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन  र चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा पनि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको पुर्वानुमान छ  ।

प्रतिक्रिया दिनुहोस