एमिकस क्यूरीमा घिमिरे र केसीलाई पठाउने सर्वोच्च बारको निर्णय

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, १७ : ११
एमिकस क्यूरीमा घिमिरे र केसीलाई पठाउने सर्वोच्च बारको निर्णय

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले दुईजना वरिष्ठ अधिवक्तालाई एमिकस क्यूरीमा सिफारिस गरेको छ ।सर्वोच्च अदालत बार एशोसिएशन कार्य समितिको मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतको सहयोगीका रुपमा रहने एमिकस क्यूरीमा सिफारिस गरेको हो ।

प्रतिनिधिसभा विघटनको रिटमा असार ९ गतेबाट निरन्तर सुनुवाइ हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृतवको संवैधानिक इजलासले शेरबहादुर देउवाको निवेदनमा सुनुवाइ गर्दै जेठ २६ गते सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो भने नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई/दुई जना वरिष्ठ अधिवक्ताको सहयोग उपलब्ध गराउन आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस