प्रधानमन्त्री ओलीले आज १०० दिने उपलब्धी सार्वजनिक गर्दै

सफल खबर संवाददाता

बुधबार, ०७ कार्तिक २०८१, ०७ : २८
प्रधानमन्त्री ओलीले आज १०० दिने उपलब्धी सार्वजनिक गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारको १०० दिने उपलब्धी सार्वजनिक गर्ने भएका छन् ।

बुधबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट साढे २ बजे आफू नेतृत्वको सरकारको १०० दिने उपलक्धी सार्वजनिक गर्न लागेका हुन् । 

प्रधानमन्त्रीको सचिवलालयका अनुसार सो क्रममा ओलीले १०० दिनको अवधिमा भएका प्रगति विवरणको फेहरिस्त प्रस्तुत गनेछन् ।

ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस