काठमाडौँ । नेपालमा भारतबाट आयातित १२ टन दाल अखाद्य भएको पत्ता लागेपछि उतै फिर्ता पठाइएको छ । व्यापारिक प्रयोजनका लागि बाँके कोहलपुरको प्रभुकृपा अर्डर एन्ड सप्लायर्सले ४ कात्तिकमा नेपालगञ्ज भन्सार नाकामा ल्याएको दाल अखाद्य भेटिएको थियो ।
नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा दालमा ‘कोल टार डाई’ रङ भेटिएपछि आयात गर्न नमिल्ने प्रतिवेदन तयार भएको थियो ।
उक्त प्रतिवेदनपछि मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालगञ्ज भन्सार कार्यालयलाई भारतमै फिर्ता गर्न लगाएको विभागले जनाएको छ ।नेपालमा कुनै पनि किसिमका दालमा वाह्य रङ प्रयोग गर्न प्रतिबन्ध छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरूले अनिवार्य रूपमा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने छ ।त्यसपछि विभागको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी हुन पाइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
भारतको सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले सम्पत्तिको विवरण सार्वजनिक गर्ने
भारत प्रस्थान गरिन परराष्ट्र मन्त्री डा. राणा
भारत, भुटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिमण्डल शीतल निवासमा
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो