काठमाडौं । सर्वोच्चले कर्णालीका चार सांसदको सांसद पद पुनर्बहाली गरेसँगै कर्णालीमा पुन राजनीतिले नयाँ मोड लिनसक्ने संकेत देखिएको छ। सर्वोच्च अदालतले ४ एमाले सांसदका पुनर्बहाली गर्न आदेश दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही पुन अल्पमतमा पर्ने संकेत देखिएको हो।
कर्णाली प्रदेशसभामा एमाले अहिले प्रतिपक्षको भुमिकामा छ। र, एमालेले पुनर्बहाली भएका चारैजनालाई पार्टीको निर्णय मान्न समेत आग्रह गरिरहेको छ । सभामुख राजबहादुर शाहीले सोमबार सर्वोच्चको आदेश मुताबिक ४ जना एमाले संसदीय दलको सदस्यका रुपमा फर्किएको पत्र प्रदेशसभामा पढेर सुनाए ।
गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले माधव समुहका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सर्वोच्च अदालतको आदेश अनुसार नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने शाहीले घोषणा गरे ।
अब प्रदेशसभाका ४० जना सांसदमध्ये एमालेसँग सभामुखसहित २० जना भएका छन् । यसैगरी, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । राप्रपाले पनि सरकारलाई समर्थन गरेको छैन् । तसर्थ जम्मा १८ सांसदसहित मुख्यमन्त्री शाही अल्पमतमा देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असार २०७८, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा कर्णालीका नेतासँग आगामी बजेटबारे छलफल
कर्णाली र लुम्बिनी प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धता
एलिमिनेटर खेलमा चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङमा
यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका ७ निर्णय
कर्णालीमा दश हजार क्वीन्टल भन्दा बढी सहुलियतको खाद्यान्न बिक्री
कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल