काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो।
यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित टोली भने प्लेअफबाटै बाहिरिनेछ।यसअघि लिग चरणमा भएको भेटमा कर्णाली याक्सलाई चितवनले ९ विकेटले हराएको थियो।
चितवन आजको खेलमा सोही नतिजा दोहोर्याउने योजनामा हुनेछ। कर्णाली भने बदला लिँदै क्वालिफायर्समा स्थान बनाउने दाउमा हुनेछ। आजै दिउँसो १ बजे पहिलो क्वालिफायर्स खेल हुँदै छ।
जसमा शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्स भिड्दै छन्।
यसमा विजयी टोली सिधै फाइनलमा पुग्नेछ भने हार्ने टिमले फाइनल पुग्नका लागि अर्को एक मौका पाउनेछ।
दोस्रो क्वालिफायर्समा पहिलो क्वालिफायर्समा पराजित टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन्।
बिहीबार हुने यस खेलमा विजयी फाइनलमा प्रवेश गर्नेछ।फाइनल खेल शनिबार हुनेछ। पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ।
यो पुरस्कार रकम नेपाली खेलकुदमा अहिलेसम्मको सर्वाधिक पुरस्कार राशि हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा कर्णालीका नेतासँग आगामी बजेटबारे छलफल
कर्णाली र लुम्बिनी प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धता
यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका ७ निर्णय
कर्णालीमा दश हजार क्वीन्टल भन्दा बढी सहुलियतको खाद्यान्न बिक्री
कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल
माथिल्लो कर्णालीमा स्रोत जुटाउन भारतमा त्रिपक्षीय सम्झौता