वनभोज खान गएको सरकारी गाडी दुर्घटना

सफल खबर संवाददाता

शनिबार, २९ जेठ २०७८, १५ : १४
वनभोज खान गएको सरकारी गाडी दुर्घटना

बुटवल । वनभोज खान गएको सरकारी गाडी दुर्घटनामा परेको छ । वनभोज खान जाने क्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय प्युठानको घ १ झ ५ नम्बरको कार दुर्घटना भएको हो ।

मल्लरानी गाउँपालिका–४ मल्लरानी नजिकै दुर्घटना हुँदा दाङ तुल्सीपुर उपमहानगरपालिका–४ का प्रकाश आचार्यको मृत्यु भएको हो । खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले कार कच्ची सडकबाट चिप्लिएर ७० मिटर तल खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस