काठमाडौं । नेपाली काँग्रेसले बागमती प्रदेशसभाको छलफलमा सदस्य नरोत्तम वैद्यले दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस प्रष्ट छ । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन ।’
काँग्रेसले शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयम भएर अभिव्यक्ति दिन जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने समेत उल्लेख गरेको छ । कांग्रेसले पार्टीको नीति र संस्कृतिको पालना गर्नु र सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको कर्तव्य भएको प्रष्ट पार्दै विज्ञप्तिमा लेखेको छ,‘हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ जेठ २०७८, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा