सीमामा छैन राज्यको उपस्थिति ?

पत्रपत्रिकाबाट

शनिबार, २४ चैत्र २०७४, २१ : १६
सीमामा छैन राज्यको उपस्थिति ?

चीनको तिब्बतसँग जोडिएको मुस्ताङको सीमा नाका कोरलामा नेपालको उपस्थिति छैन । चिनियाँ पक्षले ठाउँठाउँमा सिसिटिभिसहित निगरानी बढाएको छ तर नेपालका तर्फबाट सुरक्षाकर्मीसमेत खटाईएको छैन ।

कोरला नाकाबाट झन्डै १२ किलोमिटर दुरीमा नेपाल प्रहरीको चौकी छ तर सो चौकीले सीमासम्म आफ्नो पहुँच पुर्याउन सकेको छैन ।

कोरला नाकासम्म पुग्दा चारैतिर हिउँ नै हिउँको दृश्ययावलोकन गर्न पाईने भए पनि नजिक नेपाली बस्ती र नेपाली सरक्षाकर्मीको उपस्थिति नहुँदा समस्या आउनसक्ने त्यहाँ गएर फर्केका आन्तरिक पर्यटकले बताउने गरेका छन् ।

चार हजार आठ सय ९५मिटर उचाईमा रहेको कोरला नाका सञ्चालनका लागि जनस्तरदेखि राज्यको अधिकारीसम्म चर्चा चलिरहे प िसीमामा त्यसअनुसारको गतिविधि भने पाईँदैन ।
-नागरिक

प्रतिक्रिया दिनुहोस