काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शनिबार दिउँसो २ बजे पार्टी पदाधिकारी बैठक बोलाएका छन्। आफ्नै निवास बुढानिलकण्ठमा देउवाले बैठक बोलाएका हुन्। कांग्रेसको भदौमा हुने महाधिवेसन र पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
देउवाको नियमित कार्यकाल सकेर थप गरेको डेढ वर्ष समय पनि भदौमा सकिँदैछ। पार्टीलाई संकटमा जानबाट बचाउन भदौमै महाधिवेशन गर्नुपर्ने बाध्यता कांग्रेसलाई छ। देउवा पार्टीलाई बचाउन जसरी पनि महाधिवेशन गर्न चाहेका छन् । कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने भनेको छ। क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम केही जिल्लामा सकिएका छैनन्।
१४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाइएको हो । १० लाख क्रियाशील सदस्य बनाउने भनेको कांग्रेसमा अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य बनिसकेका छन्। सिन्धुपाल्चोक लगायत केही जिल्लामा क्रियाशील सदस्यता वितरण भएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ जेठ २०७८, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय बन्यो: देउवा
चुनावमा बहुमत ल्याउने परिस्थिति छैन, बढी सिट जित्ने तयारीमा लागौं : देउवा
देउवा-ओली ट्युनिङ थप सशक्त
एकढिक्का भए यही प्रणालीमा बहुमत ल्याउन सकिन्छ : देउवा
कानुन न्याय तथा मानवअधिकार समितिमा देउवा
सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी