कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थपिए ४३४४ संक्रमित ,५७६८ संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, २६ जेठ २०७८, १६ : ५३
कोरोना अपडेट :  पछिल्लो २४ घण्टामा थपिए ४३४४ संक्रमित ,५७६८ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजार ७४ जनाको पीसीआर गर्दा ३ हजार ४४९ जना तथा ४ हजार ५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५७६८ जना निको भएका छन् । थप ८१ जनाको कोभिड–१९ को संक्रमणबाट निधन भएको छ ।