कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि, ९९ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, १६ : ४३
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि, ९९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ ।

१० हजार ४ सय ७१ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट  ३ हजार २४ जना तथा ३ हजार २ सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ६ हजार ६ सय ३६ जना निको भएका छन् भने थप ९९ जनाको मृत्यु भएको छ ।