पहिलो चरणमा अमेरिकाले तीन कम्पनीका कोरोना खोप बाँड्दै

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १२ : ०३
पहिलो चरणमा अमेरिकाले तीन कम्पनीका कोरोना खोप बाँड्दै

काठमाडौं ।अमेरिकाले तीन कम्पनीका कोरोना खोप नेपालसहित विभिन्न मुलुकलाई बाँड्ने भएको छ ।जोन्सन एण्ड जोन्सन, पिफाइजर र मोडेर्ना कम्पनीका खोप अमेरिकाले बाँड्ने भएको हो ।

बिहीबार अमेरिकी राष्ट्रपतिले जो बाइडनले विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

पहिलो चरणमा नेपाल लगायत बिभिन्न मुलुकलाई दुई करोड ४ लाख डोज खोप दिने घोषणा अमेरिकाले गरेको छ । नेपालले कुन कम्पनीको कति डोज खोप पाउने भन्ने निश्चित भइसकेको छैन ।अमेरिकासँग भण्डारणमा रहेको एष्ट्राजेनिका कम्पनीका ६ करोड खोपलाई त्यहाँको खाद्य तथा औषधि विभागले भने अझै स्वीकृति दिइसकेको छैन ।

शुरुमा अमेरिकाले यही खोप ६ करोड बाँड्ने घोषणा गरेकोमा पछि दुई करोड थप वितरण गर्ने घोषणा गरेको थियो । विभागले स्वीकृति दिएपछि सो खोप वितरण गरिने अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

अक्सफोर्ड एष्ट्राजेनिकाले निर्माण गरेको खोप भारतको सेरम इन्सटिच्युटले कोभिस्लडको नामबाट उत्पादन गरेको छ । कोभिसिल्ड खोपको पहिलो डोज लगाएका १३ लाख ज्येष्ठ नागरिकले १२ हप्ता बितिसक्दा पनि दोस्रो डोज पाउने अनिश्चित छ ।यदि अमेरिकाले एष्ट्राजेनिकाको खोप दिएमा भारतबाट खोप नआए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस