सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १८ : ४०
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कैलालीका २ जना, कञ्चनपुर र बझाङका १र१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशभर हालसम्म कोरोना संक्रमणबाट ५१६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३२८ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट एक हजार ५५१ जनाको परीक्षण गर्दा १४५ र पीसीआर विधिबाट ७८२ जनाको परीक्षण गर्दा १८३ जना गरी ३२८ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या ४० हजार ५७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस