दाङमा जबरजस्ती करणी मुद्धामा फरार ८४ बर्षीय वृद्ध पक्राउ

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १६ : ४१
दाङमा जबरजस्ती करणी मुद्धामा फरार ८४ बर्षीय वृद्ध पक्राउ

दाङ । दाङमा जबरजस्ती करणी मुद्धामा फरार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्वर ४ भकारे बस्ने ८४ बर्षीय रामु केसी रहेका छन् ।

उनलाई प्रहरीले बिहीवार विहान साढे दश बजे पक्राउ गरी सजाय भुक्तानका लागि दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । 

अदालतले केसी विरुद्ध २०७६ /८/२६ गते जवरजस्ती मुद्धामा दोषी ठहर गदै सात वर्ष पाँच महिना आठ दिन कैद र दुई लाख पच्चीस हजार रुपैया जरिवाना फैसला गरेको थियो । फरार हुँदै आएका अभियुक्तलाई प्रहरीले बिहीबार घरबाटै पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस