विहान ८ देखि साँझ ६ बजेसम्म नदीजन्य पदार्थ बोकेका सवारी नचलाउन स्थानीय प्रशासनको निर्देशन

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १६ : ३१
विहान ८ देखि साँझ ६ बजेसम्म नदीजन्य पदार्थ बोकेका सवारी नचलाउन स्थानीय प्रशासनको निर्देशन

घोराही । जिल्ला प्रशासन कार्यालय दाङले नदीजन्य पदार्थ बोकेका सवारी साधनहरु कानुन अनुसार सञ्चालन गर्न सूचित गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले विहीबार एक सूचना जारी गरि लुम्बिनी प्रदेश सरकारद्वारा जारी गरिएको नदीजन्य पदार्थ व्यबस्थापन कार्यविधि २०७५ को दफा १३ (१) (ङ) बमोजिम तोकिएको समय सिमाभित्रमात्र नदीजन्य पदार्थ बोकेका सवारी साधनहरु सञ्चालन गर्न सबैमा सूचना जारी गरेको हो ।

उच्च अदालत तुलसीपुरले सोही कार्यविधि अनुसार सञ्चालन गर्नु, गराउनु भनी अल्पकालिन अन्तिरिम आदेश दिएको भन्दै सोही अनुसार गर्न सूचना जारी गरेको हो । कार्यविधि २०७५ को दफा १३ (१) (ङ) बमोजिम ‘शहर तथा बजार क्षेत्रमा नदीजन्य पदार्थ बोकेको सवारी साधन विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म चलाउन पाईने छैन’ भन्ने व्यबस्थामा टेकेर रिट दायर गरेका थिए । यस विषयमा छलफलका लागि दुबै पक्षलाई जेठ २३ गते अदालतमा उपस्थित हुन समेत भनिएको छ ।

यस अघि बसेको जिल्ला कोभिड शंकट व्यबस्थापन सञ्चालक(डीसीएमसी)ले यस अघि नदीजन्य पदार्थ विहान ९ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यो निर्णय भएपछि चौतर्फी विरोध समेत भएको थियो ।  जिल्ला प्रशासनले यसअघि गरेको उक्त निर्णय विरुद्ध उच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस