काठमाडौं । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले केन्द्रीय समितिका बैठक बोलाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । उनले अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने व्यवस्था रहेको भन्दै अनाधिकृतरुपमा बैठक बोलाइएको सुन्नमा आएको भन्दै आपत्ति जनाएका हुन् ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भत्र्सना गर्दछु ।’
विज्ञप्तिमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन समेत सुचित गरिएको छ । नेपाल समूहले बिहीबार जुम प्रविधिमार्फत केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० जेठ २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल
मदन भण्डारीका उत्तराधिकारी हामी हौँ : माधव नेपाल
राजनीतिमा संकट देख्नेवित्तिकै विचलित हुने व्यक्तिले केही गरीखाँदैन : माधव नेपाल
कृषि उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्छ : माधव नेपाल
माधव नेपालले बोलाए संसदीय दलको बैठक
हामीले मन्त्री र प्रधानमन्त्री बन्न मरिहत्ते गरेका छैनौं : माधव नेपाल