आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु

एजेन्सी

शनिबार, २७ पुस २०८१, ०८ : १४
आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु

एजेन्सी । भारतको पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु भएको छ । पञ्जाब प्रहरीका अनुसार यो घटना हिजो राति १२ बजेतिर भएको हो ।

गोली लागेपछि गुरप्रीत गोगीलाई लुधियानाको डीएमसी अस्पतालमा ल्याइएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

उनको शव डीएमसी अस्पतालको शवगृहमा राखिएको छ। गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए ।

गोगीको टाउकोमा गोली लागेको थियो । उनले आफैंलाई गोली हानेको अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस