काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ९ गते नै पार्टी एकीकरण हुने जानकारी गराउनु भएको छ ।
एमाले मुख्यालय धुम्वाराहीमा स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले कार्यदलको सुझावअनुसार वैशाख ९ गते नै एकीकृत कम्यूनिष्ट पार्टी घोषणा गरिने जनाउनु भएको हो । संयुक्त कार्यदलले एकीकरणको राजनीतिक र सांगठनिक आधारसहितको प्रतिवेदन दिएपछि एमालेले त्यसबारे स्थायी कमिटीमा छलफल गरेको हो । पार्टी एकीकरणको अन्तिम छलफल गर्न स्थायी कमिटीले वैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय कमिटी वैठक बोलाउने निर्णय पनि गरेको छ ।
एकता प्रक्रिया र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको बैठकले पूर्वसांसद जागृतप्रसाद भेटवालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
अरुण र पञ्चेश्वर पनि एजेन्डा
बैठकमा प्रधानमन्त्री ओलीले यसपटकको भारत भ्रमणमा कुनै नयाँ सन्धि–सम्झौता नहुने, तर अरुण तेस्रो जलविद्युत् परियोजना र पञ्चेश्वर परियोजना कार्यान्वयनको विषय छलफलको एजेन्डा हुने बताए । पञ्चेश्वर परियोजना कार्यान्वयनका सन्दर्भमा ड्याम बन्ने स्थानभन्दा तल्लोतटीय क्षेत्रको अधिकार तथा ड्यामको माथिल्लो क्षेत्रका जनताका अधिकार जोडिएको विषय यसपटक हल गर्ने उनले बैठकमा बताए । भारतले पानी प्रयोग गर्ने भएकाले नेपालले क्षतिपूर्तिको अधिकार प्रमुखताका साथ उठाउँदै आएको छ । अरुण तेस्रोको पनि भ्रमणकै क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी र आफूले संयुक्त रूपमा शिलान्यास गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २२ चैत्र २०७४, ०७ : १४
लेखकबाट थप