काठमाडौं । कर्मचारीहरुले जथाभावी विदेश भ्रमण गर्न थालेपछि सरकारले त्यसमा कडाइ गर्ने तयारी अघि बढाएको छ ।
लाखौं रकम खर्च गरेर विदेश भ्रमण गर्ने कार्य रोक्न कार्यविधि ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
यसका लागि सोही कार्यालयका सचिव प्रेमकुमार राईको संयोजकत्वमा गठित समितिले कार्य शुरु गरेको खबर आज प्रकाशित एक दैनिक पत्रिकामा छापिएको छ ।
उनले भने, एउटै कर्मचारी धेरैपटक जानेदेखि बजेट सकाउन अध्ययन भ्रमण हुने क्रम बढेपछि कडाई गर्न लागेका हौं ।
सो समितिलाई १५ दिने म्याद दिइएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ,
समाचारमा लेखिएको छ, समितिले दिएको सुझाव प्रतिवेदनका आधारमा कार्यविधि बनाउने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २१ चैत्र २०७४, ०६ : ०२
लेखकबाट थप