काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसूचक १०.१३ अंकले बढेको छ ।आज दोहोरो अंकलाई टेकेको नेप्सेमा कारोबार संख्या र रकम भने उत्साहजनक वृद्धि भएको छ ।
आज धरै समयपछि शेयर किनबेच संख्या २ करोड नाघेको छ ।आज २ करोड १९ लाख २० हजार ६२२ कित्ताको किनबेचमा ७ अर्ब ११ करोड १५ लाख ३९ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज करिब १५ वटा कम्पनीको शेयर मूल्य उच्च दरले बढेका छन् ।आज सबैभन्दा बढी दिव्यश्वरी हाइड्रो पावरका शेयर धनीले कमाएका छन् । दिव्यश्वरीको आज १० प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसैगरी, आज समता लघुवित्तको शेयर मूल्य पनि १० प्रतिशतले नै बढेको छ ।यस्तै, विसाल बजार, रुरु जलविद्युतलगायतका अन्य १० भन्दा बढी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ ।
आज पनि नेपाल पुर्नबीमा कम्पनीको शेयर कोरोबार सबैभन्दा धेरैले भएको छ ।पुर्नबीमाको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, नेश्नल हाइड्रो कम्पनीको शेयर कारोबार २५ करोड रुपैयाँ बराबर भएको छ ।
आज व्यापार, होटल्स एण्ड टुरिजम, उत्पादन र लगानी समूह घटेको छ भने अन्य सबै उप समूहका सूचक बढेका छन् । आज सबैभन्दा बढी फाइनान्स समूहले ४ प्रतिशतभन्दा बढीले कमाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात अंकले घट्यो सेयर बजार
दुई अंक बढ्यो सेयर बजार
१५.५४ अंकले घट्यो नेप्से
घटेको सेयर बजारमा कारोबार ७ अर्ब नाघ्यो
नेप्से परिसूचक ६.५३ अंकले बढ्यो
नेप्से परिसूचकमा ६ अङ्कको वृद्धि