आधा घन्टा ढिलो अक्सिजन आउँदा आईसियूका पाँच संक्रमितको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, १७ : ०३
आधा घन्टा ढिलो अक्सिजन आउँदा आईसियूका पाँच संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आधा घन्टा ढिलो गरी अक्सिजन आउँदा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । 
एक चिकित्सकका अनुसार समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालमा कार्यरत एक चिकित्सकले जानकारी दिए । मृत्यु हुनेमध्ये ४ जना रुपन्देहीका र १ जना नवलपरासीका हुन् । आधा घण्टा ढिलो अक्सिजन ल्याइदिएका कारण बिरामीको मृत्यु भएको चिकित्सकको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस