चिकित्सा शिक्षा आयोगले चिकित्सा कार्यक्रमको शुल्क तोक्यो

सफल खबर संवाददाता

बुधबार, २९ बैशाख २०७८, १४ : १९
चिकित्सा शिक्षा आयोगले चिकित्सा कार्यक्रमको शुल्क तोक्यो

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा सम्बन्धि विभिन्न कार्यक्रमको शुल्क तोकेको छ ।आयोगले बुधबार एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७७ र ७८ का लागि १७ वटा कार्यक्रमको शुल्क तोकेको हो ।

गत बर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमको शुल्क यथावत राखी अन्य कार्यक्रमको शुल्क निर्धारण गरेको जनाएको छ ।आयोगको बैशाख ९ गतेको निर्णयानुसार एमबीबीएस काठमाडौं उपत्यका भित्र ४० लाख २३ हजार र उपत्यका बाहिर ४४ लाख ३६ हजार तोकिएको आयोगका सदस्य सचिव डिल्लीराम लुइटेलले बताए ।

चिकित्सा सम्बन्धि शैक्षिक कार्यक्रम संचालन गर्ने मेडिकल कलेजहरुले आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क लिन पाउने छैनन ।

प्रतिक्रिया दिनुहोस