काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । परिसंघले आफ्नो सदस्य संस्था होङ्शी(शिवम् सिमेन्ट) मार्फत ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
कोरोना संक्रमितको संख्या तीव्र भएसँगै अस्पतालमा अक्सिजन अभाव भइरहेको बेला परिसंघले सो सहयोग गरेको हो । २ करोड रूपैयाँ बराबरको सो सहायता बुझ्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसले राहत हुने बताए ।परिसंघका अध्यक्ष सतिशकुमार मोरले संकटका बेला निजी क्षेत्र सरकार सँगै रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, १२ : ३६
लेखकबाट थप