चीनबाट ४ सय वटा अक्सिजन सिलिन्डर नेपाल आईपुग्यो

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १६ : ३३
चीनबाट ४ सय वटा अक्सिजन सिलिन्डर नेपाल आईपुग्यो

काठमाडौं ।चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।

यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत उनले जानकारी गराएका छन् ।चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो ।

प्रतिक्रिया दिनुहोस