बन्चरो प्रहार गरी हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, १७ : ४५
बन्चरो प्रहार गरी हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ

मकवानपुर । आफ्नै हजुरआमा अन्दाजी ९० वर्षीया कान्छीमाया गुरुङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका १७ दियालो दमार बस्ने २२ वर्षीय आकाश गुरुङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

आकाशले आफ्नै हजुरआमालाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगर र अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते कान्छीमायाको जिल्ला अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस