काठमाडौं । हामी अहिले कोरोना संक्रमणको दोश्रो लहरसंग जुधिरहेका छौ । अहिलेको संक्रमणको दर पहिले भन्दा ६ गुणा बढी भएको विज्ञहरुले बताउँदै आएका छन् । कोरोना संक्रमणको कारण देशभरीका अस्पतालहरुमा विरामीको चाप बढीरहेको छ ।
अस्पतालमा स्थान अभावका कारण धेरै संक्रमित विरामी घरमा एकान्तवासमा छन् । घरमा भएका विरामीले स्वास्थ्य सर्तकताको साथै खानपान र व्यवहारमा पनि सचेतता अपनाउनुपर्ने पोषणविद्हरुले बताउँदै आएका छन् ।
वरिष्ठ पोषणविद् प्रा.डा. मनसा थापा ठकुराठीले कोरोना संक्रमित भई घरमा एकान्तवासमा बसेकाहरुले प्रोटिन, भिटामिन सि र जिंन्क पाईने खानेकुरामा जोड दिन आवश्यक रहेको बताईन् ।अहिले बच्चाहरु, किशोर किशोरीहरु बढी संक्रमित देखिएको र यी उमेर समुहको खाना खाने व्यवहार र प्राथमिकता फरक हुँदा धेरै ध्यान दिन आवश्यक रहेको उनले बताईन् ।
यस्तै बढी उमेर समुहका संक्रमित विरामीको पनि खाना खाने व्यवहार र प्राथमिकता फरक हुँदा पोषणयुक्त खानाको छनौट, बनाउने तरिका र प्रयोग समेतमा ध्यान दिनुपर्ने वरिष्ठ पोषणविद् प्रा. डा. ठकुराठीले बताईन् । घरमा एकान्तवासमा बसेकाहरुले खानेकुराको पोषणमा ध्यान दिन सके, मिलाएर खान सके अहिले देखिएको कोरोना संक्रमणबाट छिटै निको हुने बताईन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ बैशाख २०७८, १४ : ५८
लेखकबाट थप