सुदूरपश्चिम प्रदेशमा मन्त्रीसहितको टोलीले गरे अक्सिजन उद्योगको अनुगमन

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, १३ : १७
सुदूरपश्चिम प्रदेशमा मन्त्रीसहितको टोलीले गरे अक्सिजन उद्योगको अनुगमन

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सहितको टोलीले धनगढीमा रहेको अक्सिजन ग्याँस उद्योगको अनुगमन गरेको छ ।

टोलीमा मन्त्री सुबेदी सहित सामाजिक विकास समिति सभापति कुन्ती जोशी र प्रदेश सचिव रघुराम बिष्ट रहेका थिए ।धनगढीमा रहेको मालिका ग्याँस उद्योगको अनुगमन गर्दै अक्सिजनको अभाव हुन नदिन टोलीले निर्देशन दिएको हो ।

पुरा क्षमता अनुसारको अक्सिजन उत्पादन गर्न टोलीले निर्देशन दिएको मन्त्री सुबेदीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।उद्योग सञ्चालनमा कुनै समस्या भएका समेत प्रदेश सरकारले सहजता ल्याउने मन्त्री सुबेदीले सञ्चालकलाई आश्वस्त तुल्याएका थिए ।

सरकारी अस्पताल र कोभिड उपचार गर्ने अस्पताललाई पहिलो प्राथमिकतामा राखेर अक्सिजन ग्याँस वितरण गर्न समेत सञ्चालकलाई मन्त्री सुबेदीले निर्देशन दिएका थिए ।विद्युत् सम्बन्धी समस्याका लागि महसुलमा प्रदेश सरकारबाट अनुदानको पहल गर्ने मन्त्री सुवेदीले प्रतिबद्धता जनाएको स्वकीय सचिव धामीले बताए ।

प्रतिक्रिया दिनुहोस