धनगढीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, ०८ : ५३
धनगढीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

धनगढी । धनगढीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र धनगढीकै एक निजी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका– ८ बस्ने ५८ वर्षीय पुरुष र गौरी गंगानगरपालिका–१ बस्ने ३५ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस