बाग्मती किनारमै ‘चिता’

पत्रपत्रिकाबाट

मंगलबार, २१ बैशाख २०७८, ०६ : ३६
बाग्मती किनारमै ‘चिता’

काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ ।

संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ ।

कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापन गर्दै आएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालका अनुसार शव चाप अत्यधिक भएपछि विकल्पमा बाग्मती किनार अन्त्येष्टि गर्न थालिएको छ ।

‘शवको चाप अत्यधिक बढ्यो, त्यसले गर्दा बाग्मतीमा अन्त्येष्टि थालेका छौं,’ सदस्य सचिव ढकालले राजधानीसँग भने । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस