बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला

सफल खबर संवाददाता

आइतबार, १३ असोज २०८१, ११ : ३६
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला

काठमाडौं । काठमाडौंको बाग्मती नदीको पुलमा खड्किएको अवस्थामा एक जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित क्रियापुत्रीको घरपछाडि बाग्मती नदीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव भेटिएको हो ।

सशस्त्र प्रहरीको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शव आइतबार बिहान बालमन्दिर खटिएको टोलीले शव निकालेको हो । अहिलेसम्म उनको पहिचान नखुलेको डिएसपीले बताए।

प्रतिक्रिया दिनुहोस