काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । सामाजिक सन्जालमार्फत शर्माले संक्रमित भएको र डेरामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।
अस्वस्थ महशुस गरी आइतबार स्टार अस्पतालमा परीक्षण गर्दा आज विहान रिपोर्ट पोजेटिभ आएको हो । टेकु अस्पतालका चिकित्सक अनुप बास्तोलाको निर्देशनअनुसार औषधि सेवन सुरु गरेको उनले जानकारी दिएका छन् । उनले ट्वीटमा भनेका छन्, ‘लक्ष्यणले च्यापेको छ तर मनोवल उच्च छ । सबैजना सजग बनौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० बैशाख २०७८, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै