तुलसीपुरमा तिनजना बालक मृत्यु प्रकरण : प्रहरीले कार धनी र चालक बिरुद्ध ज्यान मुद्दा चलायो

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, ०७ : ५२
तुलसीपुरमा तिनजना बालक मृत्यु प्रकरण : प्रहरीले कार धनी र चालक बिरुद्ध ज्यान मुद्दा चलायो

तुलसीपुर । पोष्टमार्टमका लागि बुटवलबाट डाक्टर झिकाइए घोराहि, तुलसीपुरको स्याउली बजारमा शनिवार बेलुकी एउटै कार भित्र तीन जना बालक मृत फेला परेपछि प्रहरीले आइतबार कार धनि र चालकलाई पक्राउ गरि मुद्दा चलाएको छ । स्याउली बजारमा बिगत तीन महिनादेखि पार्किङ गरेर राखेको इण्डियन नम्बर प्लेटको एउटा कार भित्र तुलसीपुर ६ बरुवा गाउँ निवासी ९ बर्ष मुनिका तीन जना बालकको शव फेला परेको थियो ।

घटना अनुसन्धानका लागि पक्राउ गरिएका कार धनि तुलसीपुर ६ का ३३ बर्षीय यादबप्रशाद गैरे र सोही वडाकै ५७ बर्षीय चालक पदमबहादुर बस्नतेलाई आइतबार प्रहरीले ज्यान शिर्षकमा मुद्दा चलाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले गाडी धनि गैरे र चालक बस्नेतलाई पक्राउ पछि मुद्दा चलाएको जानकारी दिएका छन् । पक्राउ परेका ब्यक्तिहरुले माघ १ गते उक्त स्थानमा कार लक गरि पार्किङमा राखेको भन्ने बयान प्रहरी समक्ष गरेको सिंहले बताए ।

‘लक गरि राखेको कार भित्र तीन बालक कसरी भित्र छिर्न सके रु त्यहाँ नेर आशंका छ,’ डिएसपी सिंहले भने ‘ माघदेखि पार्किङ गेरर राखिएको कारको बत्ति कसरी बल्यो रु भन्ने कुरापनि संकाष्पद देखिएको छ।’ स्थानीयले प्रत्यक्षदर्सी धेरैले लामो समयदेखि पार्किङ गरि राखेको कारमा बेलुकी पख सबै बत्तिहरु ब्लेको देखेर त्यहाँ हेर्न गएका थिए । स्थानीयले हेर्दा कार भित्र तीन बालकको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । त्यस्तै इण्डियन नम्बर प्लेटको उक्त कार लामो सयमदेखि पार्किङमा राखिएको कुराले पनि आशंका जन्माएको प्रहरीले बताएको छ । कार चोरीको हुन सक्ने प्रहरीको आशंका छ ।

गैरेले आफुले इण्डियास्थित कानपुरको एक हस्पिटलमा काम गर्ने गरेको र त्यो कार साथीको भएको बताएका छन् । लकडाउनले गर्दा कार छोड्न जान नभ्याएको भन्ने बयान उनले प्रहरी समक्ष गरेको प्रहरी अधिकारीले बताएका छन् । यसैबीच तीन बालकको शव पोष्ट मार्टम गर्नका लागि फोरेन्सिक एक्सपर्ट डाक्टर बुटबलबाट तुलसीपुर झिकाइएका छन् ।

इप्रका तुलसीपुरका प्रमुख सिंहले तुलसीपुरमा फोरेन्सिक एक्सपर्ट डाक्टर नभएको हुँदा शव पोष्ट मार्टमका लागि एक्सपर्ट बुटवलबाट झिकाउनु परेको जानकारी दिए । प्रहरीले बाँकेबाट घटना अनुसन्धान गर्न तालिम प्राप्त कुकुर र बिज्ञ प्राबिधिक समेत झिकाएको थियो । पोष्ट मार्टम रिपोर्ट पछि मात्रै तथ्य कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस