पहिरोले पुरिएर बालकको मृत्यु

रासस

सोमबार, १७ असार २०८१, १० : ५८
पहिरोले पुरिएर बालकको मृत्यु

काँक्रेविहार (सुर्खेत) । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय  प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ ।  घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस