एकल सरकार बनाउन मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको खुलासा, यसरी बन्न सक्छ एकल सरकार

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १० : ४१
एकल सरकार बनाउन मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको खुलासा, यसरी बन्न सक्छ एकल सरकार

काठमाडौं । नेकपा एमालेको मात्रै एकल सरकार बनाउने मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको खुलासा भएको छ ।स्रोतका अनुसार अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन् । यादवले तत्कालै राजीनामा स्वीकृत गरी अर्को सरकार गठन नहुन्जेल यही मन्त्रिपरिषदले प्रदेश सरकारको कार्यभार वहन गर्न निर्देशन दिइसकेका छन् । 

यसरी बन्छ एकल सरकार

लुम्बिनी प्रदेशमा ६ जना प्रदेश सभा सदस्य पदमुक्त भइसकेका छन् । हाल यो प्रदेशमा ८१ सदस्यमात्र छन् । जसमा नेकपा एमालेका ४१ सांसद रहेका छन् । एमालेका सांसदमात्र एकातिर रहेको खण्डमा मुख्यमन्त्री पोख्रेलको एकल सरकार बन्छ । 

बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्री पोखरेलले जसपाका चार सांसदलाई मन्त्री नियुक्ति दिएर पद बचाएका थिए । 

प्रतिक्रिया दिनुहोस