२२ जिल्लामा थेग्नै नसक्ने गरी फैलियो कोरोना भाइरसको संक्रमण (सूचीसहित)

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १५ : ५३
२२ जिल्लामा थेग्नै नसक्ने गरी फैलियो कोरोना भाइरसको संक्रमण  (सूचीसहित)

काठमाडौं । नेपालका २२ जिल्लामा थेग्नै नसक्ने गरी कोरोना भाइरसको संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी २२ जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना भाइरसको संक्रमण बढेको जनाएको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा समेत राखेको छ ।

मन्त्रालयले भनेको छ, ‘संक्रमण रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु ९मास्क लगाऔँ, भौतिक दुरी कायम गरौं, बेलाबेलामा साबुनपानीले हात धोऔँ नै उत्तम उपाय हुन् । कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरु पूर्णरुपमा नगर्न नगराउन हुन, कुनैपनि सार्वजनिक स्थलहरुमा जाने भिडभाड गर्ने गराउने कामहरु बन्द गर्न अत्यन्त जरुरी छ ।’

मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमणमा फैलिरहेको यो अवस्थामा सबैलाई संवेदनशील बनिदिन अपील गरेको छ ।