निषेधाज्ञाको दिन उकालो लाग्दै नेप्से

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १६ : ०६
निषेधाज्ञाको दिन  उकालो लाग्दै नेप्से

काठमाडौं । निषेधाज्ञाको दिन नेप्से परिसूचक २५.८२ अंकले वृद्धि भएको छ । बजार १ प्रतिशतले बढेको हो । यस दिन ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको सेयर कारोबार भएको छ । 

यस दिन होटल तथा पर्यटन र लगानी समूह बाहेक सबै समूहमा  वृद्धि छ । ८ लाख १८ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको हो । ट्रेडिङ, हाइड्रोपावर र अन्य समूहहरु बढी चम्किएका छन । ३ कम्पनीको भाउ बढेर सर्किट लागेको छ ।

सिंगटी हाइड्रो इनर्जीको सेयर सर्किट लाग्ने गरी बढेको हो । यसको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । दोस्रो महिला लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । 

खरिदबिक्री रकममा ३० करोड ९६ लाख रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा छ । दोस्रोमा शिवम् र तेस्रोमा हिमालय पावर पार्टनर परेका छन ।

प्रतिक्रिया दिनुहोस