काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक अस्थिरताका कारण नभई व्यक्तिवाद र भ्रष्टाचारका कारण मुलुक अघि बढ्न नसकेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा भएको सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले बहुमत र दुई तिहाइ मत जनताले दिए पनि स्थिर सरकार बन्न नसकेको उदाहरण दिँदै कुशासन र व्यक्तिवादका कारण समस्या भइरहेको बताए ।
‘राजनीतिक अस्थिरता मूल कारक होइन । भ्रष्टाचार, कुशासन र व्यक्तिवाद नै नेपालको राजनीतिको र शासन सञ्चालनको मुलकारण बनेको छ’, अध्यक्ष नेपालले भने, ‘जबसम्म भ्रष्टाचार र व्यक्तिवाद समाप्त हुँदैन तबसम्म कुराले केही हुनेवाला छैन ।
उनले नेताहरूमा देश बनाउने हुटहुटी चाहिने भन्दै त्यो हुँटहुँटी नभएमा हावादारी योजनाले मात्र केही प्रगति नहुने बताए । उनले सत्तामा जाने र जिम्मेवारी नलिने प्रवृत्ति राजनीतिक पार्टीका नेता कार्यकर्तामा रहेको भन्दै नेता कार्यकर्ताहरू पैसा कमाउन र भ्रष्टाचार गर्न नभई जनताको सेवामा समर्पित हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असोज २०८१, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाधिवेशनपछि पार्टीको गति बढ्यो : माधव नेपाल
पार्टी फुट्ने हल्लामा सत्यता छैन : माधव नेपाल
प्रतिनिधिसभालाई आर्थिक विकासको केन्द्र बनाउनुपर्छ : अध्यक्ष नेपाल
वर्तमान सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ: अध्यक्ष नेपाल
एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयन हुन्छ : माधव नेपाल
भ्रष्टीकरणले नेता, कार्यकर्तासँगै देश बिग्रियो : माधव नेपाल