लिखु तामाकोशी गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा वडा अध्यक्षहरुको निवेदन

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १३ : २०
लिखु तामाकोशी गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा वडा अध्यक्षहरुको निवेदन

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षलाई पक्राउ गर्न माग गर्दै वडा अध्यक्षहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। 

गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले आफ्नो पदको दुरुपयोग गरि लिखु तामाकोशी गाउँपालिकाको कार्यपालिकाको निर्णय पुस्तिकानै कब्जा गरेको र आफू खुसी निर्णय गराउँदै दुराचार, भ्रष्टाचार एवं पदको दुरुपयोग गरेको भन्दै उनलाई पक्राउ गरि पालिकाको निर्णय पुस्तिाका उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइएको हो।

लिखु तामाकोशी गाउँपालिका कार्यपालिका सदस्य एवं वडा नम्बर ६ का वडा अध्यक्ष शिवप्रसाद न्यौपाने र कार्यपालिका सदस्य एवं वडा नम्बर ७ का कावा वडा अध्यक्ष रजिना बुढाथोकीले अध्यक्ष खड्काले आफू अनुकुल हुने गरी पदको बाँडफाँट गर्ने र विभिन्न शिर्षका पैसा विनियोजन गर्ने नाममा अकूत रुपमा पैसा जम्म गरी भ्रष्टाचार गर्न लागेकोको भन्दै उनलाई तत्काल कारवाही गरी आवश्यक कारवाही गर्न माग गर्दै निवेदन दिएका हुन् ।

उनीहरुले अध्यक्षले कार्यपालिका सदस्यहरुलाई ज्यान मार्ने धम्कीसमेत दिएको निवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस