नेपालगञ्जमा थपिए २ सय १४ जना कोरोना संक्रमित

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १२ : ५२
नेपालगञ्जमा थपिए २ सय १४ जना कोरोना संक्रमित

नेपालगञ्ज  । भेरी अस्पताल, नेपालगञ्जमा २ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । अस्पतालले पछिल्लो २४ घण्टामा दुई सय ८८ जनाको परीक्षण गर्दा २ सय १४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

नयाँ संक्रमितमध्ये एक सय ९२ बाँके, बर्दियाका १२ जना, सुर्खेतका ३ जना र केही अन्य जिल्लाका रहेका छन् । बाँकेमा थपिएका सबै नेपालगञ्ज उपमहानगरपालिकाका हुन् ।

जिल्लामा अरु तीन ठाउँमा कोरोना परीक्षण हुन्छ । नेपालगञ्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र भारतबाट आएका व्यक्तिको जमुनाहा नाकामा परीक्षण हुने भए पनि यी ठाउँबाट बिहीबारको विवरण सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस