चोकचोकमा कडा चेकजाँच, होल्डमा परेका सवारी ७ बजेसम्म नछाडिने

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, ०८ : २०
चोकचोकमा कडा चेकजाँच, होल्डमा परेका सवारी ७ बजेसम्म नछाडिने

काठमाडौं । प्रहरीले निषेधाज्ञा सफल बनाउन उपत्यकामा चेकजाँचमा कडाइ गरेको छ ।स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएपनि निषेधाज्ञा उलंघन गर्न हुने भएकाले चेकजाँचलाई कडा पारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले 

काठमाडौं जिल्लाको हकमा १० बजेसम्म सामान किन्न जानेहरुलाई छुट दिइएको छ । तर, तोकिएको आदेश भन्दा फरक गर्नेलाई कारबाहीको दायरामा ल्याइएको छ । य  तोकिएका बाहेकका गाडी र मोटरसाइकललाई नियन्त्रणमा लिएर होल्ड गरिएको उनले बताए । सिंहले काठमाडौंका १२८ ठाउँका पिकेट ड्युटीमा प्रहरी परिचालन गरिएको छ भने ट्राफिक र प्रहरीले संयुक्तरुपमा ४४ ठाउँमा सवारी चेकिङ गरेको छ।  

यस्तै मोबाइल, क्युआरटी र सीआरभी भ्यान परिचालन गरेर निषेधाज्ञाको अनुगमन भएको छ । यस्तै मास्क नलगाएकालाई पनि होल्ड गरिएको छ । चेकजाँचका क्रममा ३०० बढी सवारीसाधन नियन्त्रणमा लिइएको छ । ती सवारीसाधन बेलुका ७ बजेमात्रै छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस