बुटवलमा थप तिनजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, ०८ : ०८
बुटवलमा थप तिनजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

बुटवल । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप तीनजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला छन् ।

कोरोना पुष्टि भएपछि वैशाख ११ गते अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–११ का ३१ वर्षीय पुरुषको बिहीबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए । त्यस्तै, गत वैशाख ९ गते भर्ना भएका बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ बजेर ४५ मिनेटमा मृत्यु भएको उनले जानकारी दिए ।

जिल्लाको मायादेवी गाउँपालिका–६ की ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको छ । उनलाई वैशाख ११ गते अस्पताल भर्ना गरिएको थियो । तीन जना बिरामी कोभिड आईसीयूमा उपचाररत रहेको र श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस