बाटैमा हराए एक हजार कर्मचारी

पत्रपत्रिकाबाट

आइतबार, १८ चैत्र २०७४, ०९ : ५३
बाटैमा हराए एक हजार कर्मचारी

काठमाडौं । प्रदेश र स्थानीय तहमा खटिएका झण्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कविहीन भएका छन् । बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरु सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराउन थालेका छन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार कम्तीमा एक हजार कर्मचारी कार्य क्षेत्र पुगेका छैनन् । समाचारमा लेखिएको छ, अहिलेसम्म प्रदेश र स्थानीय तहमा कति कर्मचारी खटिए भन्ने तथ्यांक मन्त्रालयसँग छैन ।
स्थानीय विकास र समान्य प्रशासन समायोजनबाट संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय बनाइएयता कर्मचारी सरुवाको सूचीसमेत सार्वजनिक गरिएको छैन ।

मन्त्रालयले गत पुसदेखि फागुन १७ सम्म ७ वटै प्रदेशका मन्त्रालयका लागि १ हजार १ सय ४३ कर्मचारी सरुवा गरेको थियो । ती मध्ये २ सय ४१ कर्मचारी अझै प्रदेशका मन्त्रालयमा हाजिर भएका छैनन् । तथ्यांकअनुासर ८ सय ८१ कर्मचारी मात्रै सरकारको सम्पर्कमा पुगेर हाजिर भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस