निषेधाज्ञामा आपूर्ति व्यवस्था सहज बनाउन सरकारले बनायो र्‍यापिड रेस्पोन्स टिम

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १२ : ०६
निषेधाज्ञामा आपूर्ति व्यवस्था सहज बनाउन सरकारले बनायो र्‍यापिड रेस्पोन्स टिम

काठमाडौं । निषेधाज्ञामा आपूर्ति व्यवस्था सहज बनाउन सरकारले र्‍यापिड रेस्पोन्स टिम गठन गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम बनाएको हो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न यो टिमले काम गर्नेछ। स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क व्यक्ति समेत मन्त्रालयले तोकेको छ ।

प्रेम कुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा. श्रीराम घिमिरे र उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा. नारायण प्रसाद रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयलको सूचनामा छ । 

मन्त्रालयले सम्बन्धित व्यक्तिको मोबाइल नम्बर पनि दिएको छ ।  आपूर्ति प्रणालीमा कुनै समस्या आए तत्काल सम्पर्क गर्न भनेको छ ।
 

प्रतिक्रिया दिनुहोस