चितवनमा कोरोना भाइरसको संख्या तिव्र , एकैदिनमा थपिए  १ सय ३४ जना संक्रमित

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १२ : ०१
चितवनमा कोरोना भाइरसको संख्या तिव्र , एकैदिनमा थपिए  १ सय ३४ जना संक्रमित

चितवन । चितवनमा कोरोना भाइरसको संख्या दिनप्रतिदिन तिव्र रुपमा फैलदै गएको छ । पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएसंगै कुल सक्रिय संक्रमितको संख्या ५८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यससगैं चितवनमा कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या ५८५ पुगेको हो ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका मात्रै १०३ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका २० जना, खैरहनी नगरपालिकाका ६ जना, माडी नगरपालिका २ जना, राप्ती, कालिका र इच्छाकामनाका एक÷एक जना संक्रमित थपिएका छन् ।