तुलसीपुर । झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो ।
दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले बताए । उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १३ बैशाख २०७८, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिवारका तीनजना अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल
झाडापखालाबाट चारको मृत्यु, सातजना बिरामी
ज्वरो र झाडापखालाका बिरामी बढे, अस्पताल भरिभराउ