माधव नेपालले स्पष्टीकरणमार्फत ओलीलाई भने– मेरो आवाजलाई तपाईंले  ‘आपराधिक’ देख्नु आफैँमा आपराधिक’ चिन्तन होइन र ?

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १५ : ५४
माधव नेपालले स्पष्टीकरणमार्फत ओलीलाई भने– मेरो आवाजलाई तपाईंले 
‘आपराधिक’ देख्नु आफैँमा आपराधिक’ चिन्तन होइन र ?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । नेपालले आफूले नयाँ पार्टी खोलेको भन्नु आपत्तिजनक भएको बताएका छन् ।

नेपालले आफूले पार्टीको राजनीतिक प्रतिवेदन, विधान र नियमवलीविरुद्ध भएका कामकारबाही सच्याउन भनेको बताएका छन् ।  उनले स्पष्टीकरणमा लेखेका छन्, ‘मैले उठाएको आवाजलाई तपाईंले ‘आपराधिक’ देख्नु आफैंमा पार्टीविरुद्ध आपराधिक’ चिन्तन होइन र ?  

उनले दिएको स्पष्टीकरण यस्तो छ -

नेता, संघीय संसदीय दल नेपाल कम्युनिष्ट पार्टी एमाले

विषयः स्पष्टीकरण ।

२०७८ साल वैशाख ६ गतेको मिति राखेर तपाईले नेकपा एमाले, संघीय संसदीय दलको नेताको हैसियतले वैशाख ७ गते दिउँसो भाइबर र इमेलबाट मलाई पठाउनु भएको पत्रका सम्बन्धमा निम्नलिखित यथार्थ व्यवहोरा जानकारीका लागि प्रेषित गरेको छ स्

१० नेपाल कम्युनिष्ट पार्टी एमालेको २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीका विरुद्ध मैले कुनै पनि क्रियाकलाप गरेको छैन । तिनको प्रतिरक्षाका लागि क्रियाशील रहेको छ । सम्मानित सर्वोच्च अदालतले २०७७ साल फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी नेकपाको अस्तित्व समाप्त गरी नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र एकीकरण हुनुपूर्वको स्थितिमा पुनिर्जिवित भएको फैसला गरेपछि सोही अनुरुप नेपाल कम्युनिष्ट पार्टी एमालेका सम्पूर्ण संरचनाहरु र तिनका बैठक पस्ने लगायतका सबै क्रियाकलापहरु पूर्वगत् कायम हुनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ। मेरो यो धारणा सम्मानित सर्वोच्च अदालतको फैसलाको निर्देशन अनुरुप छ ।

यस्तो सम्मानित सर्वोच्च अदालतको फैसला तथा पार्टी विधान र पद्धतिसम्मत धारणालाई तपाईले अनुशासनहीन, अराजक र आपराधिक क्रियाकलाप” भनी लाञ्छित गर्नु नवी राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा पार्टी विधान र पद्धतिका सम्बन्धमा तपाई स्वयमा उत्पन्न दृष्टिभम र विचलनको२० माथि प्रकरण १ मा उल्लेखित सम्मानित सर्वोच्च अदालतको फैसला विपरीत फागन २८ गते म लगायत नेपाल कम्युनिष्ट पार्टी एमाले, केन्द्रीय कमिटीका धेरै सदस्यहरुलाई कुनै जानकारी नदिई नेपाल कम्युनिष्ट पार्टी एमाले, नवा राष्ट्रिय महाधिवेशनबाट पारित १३ मा रहेको राष्ट्रिय महाधिवेशनको आयोजनासम्बन्धी व्यवस्था, १३ कमा रहेको विधान अधिवेशनसम्बन्धी व्यवस्था, धारा १४ को केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुको निर्वाचनसम्बन्धी व्यवस्था, धारा ५८ को पार्टी विधान संशोधनसम्बन्धी व्यवस्था तथा पार्टी नियमावलीको परिशिष्ट १ को बैठक सञ्चालनको कार्यविधिको बुंदा नम्बर १ को कार्यसूचीको तयारी, बुंदा नम्बर २ को बैठक सञ्चालनसम्बन्धी व्यवस्थाको उपधुंदा २४, बुंदा नम्बर ३ र ५ समेतको व्यवस्थालाई उल्लंघन गर्दै पार्टीका नेताहरुलाई जिम्मेवारीबाट हटाउने, कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउनुका साथै स्वेच्छाचारी किसिमले केन्द्रीय कमिटीमा सदस्यहरु थप्ने कार्य गरेको भनी ‘अपानी’ जारी गर्नुभएकोले राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन, पार्टी विधान र नियमावली मिचेर गर्नुभएका त्यस्ता कार्यहरूको आलोचना गर्दै त्यस्ता गलत कामहरु रद्द गर्न मैले माग गरेको हुँ र मेरो त्यस्तो माग जारी छ। उक्त प्रकारले पार्टी विधानको उल्लंघन गर्न गम्भीर गल्ती हुने तथ्य मैले यहाँ उल्लेख गरिरहनु नपर्ने हो ।

पार्टीको विधान विपरीत हुने कुनैपनि निर्णय कानूनी शासन र नेपाल कम्युनिष्ट पार्टी एमालेको सिद्धान्त, नीति, विधान र मान्यताका पक्षधरहरुलाई मान्य नहुने तथ्यतर्फ मैले ध्यानाकर्षण गराइरहनु परोइन । पार्टीको विधान विपरीत भएगरेका कुनैपनि कामकार्वाईलाई मान्यता नदिन एवम् अभिलेखिकरण नगर्न, नगराउन मसमेतका केन्द्रीय कमिटीका सदस्यहरुले निर्वाचन आयोगमा समेत २०७७ साल चैत्र १ गते र २०७८ साल वैशाख ५ गते लिखित निवेदन दिइसकेको जानकारी पनि गराउन चहान्छ । यसरी पार्टीको राजनीतिक प्रतिवेदन, विधान र नियमावलीका विरुद्ध गरिएका कामहरु सच्याउनको लागि मैले उठाएको आवाजलाई तपाईले “आपराधिक” देख्नु आफैमा पार्टीविरुद्धको “आपराधिक चिन्तन होइन र ? पार्टीको इतिहास, सिद्धान्त, कार्यक्रम, नीति र विधिको रक्षार्थ तपाईले फागुन २८ गते गर्नुभएको पार्टी विधान विपरीतको निर्णय रद्द गर्ने माग गर्दा अलग पार्टी खोलेको’ भन्नु आपत्तिजनक एवम् हास्यास्पद ।

२० गत फागुन २८ गते पार्टी विधानको ठाडो उल्लघन हुनेगरी तपाईबाट भएको कार्यको नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थापना, नेतृत्व र सञ्चालनमा नेतृत्व तहमा रहेर लामो समय भुमिका निर्वाह गरेको व्यक्तिको हैसियतले मैले आलोचना र विरोध गर्नु पार्टीप्रतिको मेरो निष्ठा, इमान्दारी कर्तव्य हो । यसलाई नेपालको संविधानको धारा ८९ छ मा उल्लेखित ‘दल त्याग गरेको सचित गरेमा पदमुक्त हुने, राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ मा ‘दल गठन गरेको सचित गरेमा र सोही ऐनको दफा ३२९१० मा ‘नयाँ दल गठन गरेमा’ संसदीय दलको सदस्यको पदमा रहननसक्ने भन्ने व्यवस्थासंग लगेर जोड्नु कानूनसम्मत र युक्तिसंगत ठहर्दैन।  मैले नेपालको संविधानको धारा ८५ छ र राजनीतिक दलसम्बन्धी उक्त प्रावधानको विपरीत कुन काम गरेको छैन । तयाँ राजनीतिक दल सोलेको खोल्न लगाएको, चलाएको वा चलाउन लगाएको पनि छैन । त्यसका लागि कुनै आधार तयार पनि गरेको छैन ।

नेकपा एमालेलाई सैद्धान्तिक र संगठनात्मकरुपमा कसरी सबल बनाउन सकिन्छ र यसलाई विखण्डन गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई नै कमजोर बनाउन चाहनेहरुका दुष्प्रयासहरुलाई कसरी विफल पार्न सकिन्छ भन्नेमा म निश्चय नै चिन्तित छु। त्यसैले सम्मानित सर्वोच्च अदालतको फैसला अनुरुप नेपाल कम्युनिष्ट पार्टी एमालेका सबै संरचनाहरु पूर्ववत् क्रियाशील हुनुपर्नेमा जोड दिइरहेको छ । यही चिन्ताका साथ पार्टीको नाम, झण्डा, नीति र कार्यक्रमको प्रतिरक्षा गर्दै सो प्रयोजनका लागि विभिन्न कार्यक्रममा क्रियाशील हुनु स्वाभाविक हो । गत चैत्र ४ र ५ गते ललितपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमालेको राष्ट्रिय कार्यकर्ता भेला पनि नवौ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षा तथा नेपाल कम्युनिष्ट पार्टी एमालेको एकता र हितमा उक्त प्रयोजन र उद्देश्यका लागि आयोजित कार्यक्रम थियो । उक्त भेलाले अलग राजनीतिक दल खोलेको वा गठन गरेको भन्ने कुरा पूर्णरुपमा असत्य हो । त्यस भेलाबाट कुनै पार्टी खोल्ने वा नेपाल कम्युनिष्ट पार्टी एमालेको उद्देश्य, कार्यक्रम र विधान विपरीतको कुनै काम भएको छैन।

प्रतिक्रिया दिनुहोस