ओलीको कारबाही रोक्न माधव नेपाल सर्वोच्च अदालतमा

सफल खबर संवाददाता

बुधबार, ०८ बैशाख २०७८, १४ : ०२
ओलीको कारबाही रोक्न माधव नेपाल सर्वोच्च अदालतमा

काठमाडौं । नकेपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले थालेको कारबाहीको प्रक्रियालाई रोक्न माधव नेपाल पक्ष सर्वोच्च जान लागेको छ । 

ओलीले माधव नेपालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधी कडा कारबाहीको प्रक्रिया सुरु गरेका छन् । कानून व्यवसायीहरूसँगको छलफलपछि कारवाही प्रक्रिया रोकी पाउँ भन्दै माधव नेपाल पक्ष सर्वोच्च अदालत जान लागेको छ । 

एमालेले संविधानको धारा ८९, राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ र ३२ र पार्टीको विधानको धारा ४९ लाई समेत उदृत गरेर सांसद पदबाट किन कारवाही नगर्ने भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेपछि नेपाल पक्ष अदालत जान हिँडेको छ । 

माधव नेपाल पक्षका बेदुराम भुषालले ‘अध्यक्ष ओलीले गरेको कारवाहीविरुद्ध हामी आजै अदालत जाने र त्यही विषयमा छलफल गर्न स्थायी समितिको बैठक पनि आजै बस्ने एमालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस