कोरोना अपडेट : थपिए १२ सय भन्दा बढी कोरोना संक्रमित, ८ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १६ : १९
कोरोना अपडेट : थपिए १२ सय भन्दा बढी कोरोना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय २७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार २ सय ५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७५ हजार २ सय ५५ पुगेको छ। हाल देशभर ७ हजार २ सय ५४ सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ९१ पुगेको छ।