चार्ल्स शोभराजले सीधै पत्रकारसँग भेटेको देखिएन : अध्ययन समिति

सफल खबर संवाददाता

आइतबार, २२ चैत्र २०७७, ११ : ३६
चार्ल्स शोभराजले सीधै पत्रकारसँग भेटेको देखिएन : अध्ययन समिति

काठमाडौँ ।  केन्द्रीय कारागारमा रहेका चार्ल्स शोभराजले सीधै पत्रकारसँग भेटेर अन्तर्वार्ता लिएको नदेखिएको निष्कर्ष निकालिएको छ ।   अनुसन्धान प्रतिवेदन अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा शोभराजले पत्रकारलाई भेट नगरेको देखिएको हो । 

‘बिकिनी किलर’ का रुपमा परिचित रहेका फ्रान्सेली नागरिक शोभराज एक अमेरिकी तथा एक क्यानडेयिन महिलाको हत्या अभियोगमा गएको १७ वर्षदेखि केन्द्रीय कारागारमा छन् । शोभराज सन् २००३ मा पक्राउ परेका हुन्।

उनको अन्तर्वार्तामा आधारित समाचार केही दिन पहिले डेलीमेल र मिररमा प्रकाशित भएको थियो। त्यसपछि उनले कसरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जेल भित्रैबाट अन्तर्वार्ता दिए भन्ने बारे अनुसन्धान गर्न जेलर लक्ष्मीप्रसाद बाँस्कोटाको संयोजकत्वमा आन्तरिक समिति गठन गरेको थियो।

‘हामीले अध्ययन गर्दा शोभराजले सीधै पत्रकारसँग जेलमै कुराकानी गरेको देखिँदैन’, जेलर बाँस्कोटाले भने । 
 

प्रतिक्रिया दिनुहोस